धार्मिक व्यक्तित्व अधिकारीको निधन

दमक ,११ असार । दमक ८ निवासी राजनैतिक, सामाजिक एवं धार्मिक ब्यक्तित्व चन्द्रप्रसाद अधिकारीको निधन भएको छ । मतिष्तकघातबाट ९४ बर्षिय वृद्ध अधिकारीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो । दमकका पूराना बासिन्दाका रुपमा अधिकारी चिनिन्थे ।
असार ४ गतेदेखि लाइफलाइनको सघन उपचार कक्षमा उपचारत उनको शुक्रवार राति ९.४५ वजे निधन भएको मृतकका छोरा तुलसी अधिकारीले बताए । मृतक नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य हुन् । स्व. अधिकारीका श्रीमती हरिमाया ,पाँच छोराहरु चिन्तामणी, स्व. हरि, टंक र टीका र तुलसी र छोरीहरु इन्द्रकला स्व. पुष्पलता , उषा , खिनमाया, बालिका र उमा रहेका छन् ।
स्व. अधिकारीको पार्थिव शरीरमा कांग्रेस जिल्ला उपसभापति शेरवहादुर भट्टराईले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनको पार्थिव शरीर आज विहान ११ वजे कन्काई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.