ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ,११ असार । ट्याक्टरको ठक्करबाट मोरङको रंगेली नगरपालिका–८ दर्वेशामा मोटरसाईकल चालकको मृत्यु भएको छ ।खेत जोतेर बाटोमा निस्किदै गरेको प्रदेश १–०२–००३ त २८५६ नम्बरको ट्याक्टरले को ३९ प ३९३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक रंगेली–१ का ३२ बर्षीय केदार न्यौपानेलाई उपचारका लागी रंगेली अस्पताल पु¥याउनासाथ मृत्यु भएको हो ।
मोटरसाईकल पछाडि सवार ४१ बर्षीय राजन भट्टराईको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने ट्याक्टर र चालक रंगेली–८ का ३० बर्षीय जीवन ताजपुरियालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.