
दमक, १० असार । सिटी रिक्सा पल्टिएर दुर्घटना हुदाँ झापाको कमल गाउँपालिका ६ मा एक जना युवाको ज्यान गएको छ ।
कमलको वडा न. ६ सुकुम्बासी टोलस्थित साउथपोल बोर्डिङ स्कूल अगाडी मे १ ह.६३१० नम्बरको सिटी रिक्सा पल्टिदाँ त्यसमा सवार मोरङ, उर्लावारी ८ कदम टोलीका ३२ बर्षिय डिल्लीराम घतानीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार विहिबार दिउँसो स्कूलको जिप्सन बोेकेको सिटी उकालोमा एक्कासी पल्टिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर घाईते भएका घतानीको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रवार रातिनै मृत्युभएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सिटी र चालक दमक १० का लिलाबहादुर भुजेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।