किस्ने खोलामा बालक मृत फेला

दमक,१० असार । झापाको कमल गाउँपालिका वडा न. १ स्थित किस्ने खोलामा आज विहान एक जना बालकको शव फेला परेको छ ।मृत्यु हुनेमा कमल गाउँपालिका–१ रतनचौन निवासी निग्मा शेर्पाका १२ वर्षीय छोरा सुसान शेर्पा रहेको वडाअध्यक्ष केदार कटुवालले बताए ।

उनका अनुसार दुई दिन अघि एकाएक घरदेखि हराएका ती बालक आज विहान ७.३० वजे मृत फेला परेका थिए । एकाएक हराएका ती बालकलाई खोजतलास गर्दा पनि नभेटिएपछि परिवारले हिजो सोमबार तोपगाछी प्रहरी चौकीमा हुलिया निबेदन दिएका थिए ।
हराएका बालक खोजतलासका क्रममा आज विहान स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका र घटनाका बारेमा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.