दमक, ९ असार । नेपाल सगरमाथा तेक्वान्दो डोजाङका जुनियर तथा सिनियर प्रशिक्षार्थी खेलाडीहरुको आज तहगत ग्रेडिङ गरिएको छ । दमक–५ हरिओाम कोलनीस्थित सर्वोदय बोडिङ स्कुलको प्राङ्गणमा आयोजित ग्रेडिङमा दमकका विभिन्न स्थानमा सञ्चालन भइरहेका डोजाङका ९१ जना जुनियर तथा सिनियर खेलाडीहरुले सहभागिता जनाएका थिए ।
जिल्ला तेक्वान्दो संघका अध्यक्ष बाबुलाल सुब्बा र ग्रेडिङ कार्यक्रमका प्राविधिक तथा बरिष्ठ कोच जीतेन मेचेको उपस्थितिमा सगरमाथा तेक्वान्दो डोजाङका खेलाडीहरुको ग्रेडिङ गरिएको हो । ग्रेडिङमा खेलाडीहरुले खेलप्रती देखाएको रुची, सीप, खेल कौशलता, अनुशासन लगायतलाई आधार बनाइएको जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष सुब्बाले जानकारी दिए ।
ग्रेडिङमा वाइट बेल्ट , यल्लो बेल्ट , स्टेप ग्रीन र ग्रीन बेल्टका सहभागि प्रशिक्षार्थी खेलाडीहरु थिए । ग्रेडिङमा सिनियरतर्फ र जुनियरतर्फ खेलाडीहरुले प्रमोशन तथा डबल प्रमोशन पाएका छन् भने अन्य विद्यार्थीहरु उर्तिण भएका छन् ।
दमकमा हाल ६ वटा अलग अलग स्थानमा डोजाङ सञ्चालन भइरहेको नेपाल सगरमाथा तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमालले जानकारी दिए । अध्यक्ष धिमालले आगामी दिनमा थप डोजाङका लागि विद्यालय वा स्थानहरु छनौट भइरहेको र डोजाङलाई व्यवस्थित गर्न दक्ष जनशक्तिसहित सञ्चालन गर्न तयारीमा जुटिरहेका बताए ।
वेलायत ९युके० बाट नेपालमा आइपुगेको नेपाल सगरमाथा तेक्वान्दो डोजाङले प्रथम वार्षिकोत्सव मनाइसकेको छ । गत वर्षदेखि नेपालमा विधिवत ढंङ्गले दर्ता पाएर सञ्चालनमा आएको नेपाल सगरमाथा तेक्वान्दो डोजाङको परिकल्पनाकार तथा योजनकार पूर्व विट्रिस आर्मी तथा पूर्व खेलाडी प्रशिक्षक राष्ट्र राई हुन् । राईको सक्रियतामा गत वर्ष दमकमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता समेत भएको थियो । हाल झापा, उदयपुर, मोरङ, इलाम लगायतका जिल्लाहरुमा नेपाल सगरमाथा तेक्वान्दो डोजाङ सञ्चालन भइरहेको छ ।