यौनिक तथा लैङगिक अल्पसंख्यकहरुलाई खाद्यान्न राहत


दमक,१० असार ।
निषेधज्ञाका कारण् दैनिक गुजारामा समस्या भोग्दैआएका जिल्लाका यौनिक तथा लैङगिक अल्पसंख्यकहरुलाई खाद्यान्न राहत प्रदान गरिएको छ ।
सामाजिक कार्यमा सहयोग पुरयाँउदै आएकी कुसुम तामाङ पौडेलको सहयोग तथा निलहिरा समाज र लिड नेपालको सहकार्यमा मंगलवार लक्षित समुदायलाई खाद्यान्न राहत वितरण गरिएको हो ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको निशेषज्ञाका कारण दैनिक गुजारा गर्न समस्यामा परेका ३० जनालाई पारिवारिक खाद्य सामाग्री अन्र्तगत चामल २५ केजी , २ केजी आलु ,एक लिटर खानेतेल,२ केजी चिउरा, २ केजी चिनी,१ केजी चना लगायतको खाद्यान्न वितरण गरिएको लिड नेपालकी कार्यक्रम संयोजक चन्चला सुब्बाले बताईन् । त्यस्तै, स्वास्थ्य सावधानीका लागि आवश्यक सावुन, माक्स समेत वितरण गरिएको थियो ।
दमक नगरपालिकाकी उपमेयर गीता अधिकारीको उपस्थितिमा संस्थाले आफनै कार्यालयमा संक्षिप्त कार्यक्रम गरि त्यो राहत वितरण गरेको थियो । राहत वितरण कार्यमा संयोजनका रुपमा सन्जय शर्मासहित पिङ्गी गुरुङ,रोटरी क्लव अफ दमकले समेत सहयोग पुरयाँएको थियो ।

Leave a Reply

Your email address will not be published.