दन्त शिविरमा चार सय बढी लाभान्दित

दमक,९ असार । दमक तेक्वान्दो डोजाङले सोमबार दमकमा आयोजना तथा दमक थुलुङ डेन्टलको प्राविधिक सहयोगमा भएको निशुल्क दन्त शिविरमा चार सय बढी लाभान्दित भएका छन् ।
स्थानीय सर्वोदय बोर्डिङ स्कूलमा सोमबार आयोजित निशुल्क दन्त शिविरमा डोजाङका खेलाडी,विद्यार्थी तथा उनका अभिभावकहरु गरि चार सय ४५ जनाले दन्त परीक्षणमा सेवा पाएका छन् ।
त्यस्तै, सोहि अवसरमा सहभागिहरुलाई फिजियोथेरापी सम्बन्धी स्वास्थ्य परामर्श प्रदान गरिएको अध्यक्ष जितु धिमालले बताए । शिविरमा डेन्टलकी वरिष्ठ दन्त रोग विशेषज्ञ डा. सोफिया थुलुङ,डा. हाङमा माखिम लगायतका स्वास्थ्यकर्मीहरुको टोली संलग्न थिए ।

डोजाङमा आवद्ध सानासाना नानीबाबु खेलाडीहरुको दन्त सम्बन्धी समस्या निदान गर्न सघाँउ पुरयाँउने उद्देश्यले दन्त शिविर सञ्चालन गरिएको अध्यक्ष धिमालले बताए । शिविरमा दन्त परीक्षणसहित आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको उनको भनाई छ ।

उनका अनुसार शिविरमा दात सम्बन्धी अन्य उपचार गर्नु परेमा डेन्टल क्लिनिकले भारी छुटका साथ सेवा उपलव्ध गराउने छ । यस किसिमको सामाजिक कार्यले खेलाडीसंगै उनका अभिभावकहरुले थोरैभएपनि राहत पाउने अध्यक्ष धिमालले बताए ।

Leave a Reply

Your email address will not be published.