मदन भण्डारी फाउण्डेशन झापाको अध्यक्षमा शिवाकोटी

विर्तामोड, ८ असार । मदन भण्डारी फाउण्डेशन झापाको तेस्रो जिल्ला सम्मेलनबाट पुनः हरिचण शिवाकोटीको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको छ ।विर्तामोडमा आज भएको अधिवेशनबाट उपाध्यक्षमा हिरा थापा, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा लीला दाहाल र कोषाध्यक्षमा गणेश पोखरेल चुनिएका छन् ।
यसैगरी समितिका सदस्यहरुमा असारु राजवंशी, निरु परियार, देवकुमार राई, सुरेन राजवंशी, छत्र श्रेष्ठ, भक्त घिमिरे, मोहन शिवाकोटी, बलराम गजुरेल, मदनकुमार उप्रेती, प्रेमबहादुर गिरी र बद्री भट्टराई, हरिदाश ढुङ्गाना, पशुपति खतिवडा, संगिता खतिवडा चौलागाईं, राजेन्द्र पन्धाक, अमिरकुमार श्रेष्ठ, हेमकला भण्डारी, माधव भण्डारी विद्रोही, लक्ष्मण पाठक, कौशिल्या अधिकारी, समर्पण खतिवडा, निशा लिम्बू, निर्मला पाठक, नेत्रप्रसाद दाहाल, नारायणप्रसाद गौतम,चयन भएका छन् ।
अधिबेशनले फाउण्डेशनको एक सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकारहरुमा रोमनाथ ओली, दीपक कार्की उमानाथ ओली, सोम पोर्तेल, रामचन्द्र उप्रेती, गीता अधिकारी, बेनु शिवाकोटी, लक्ष्मी राई,चिन्तन पाठक, राधाकृष्ण खनाल र डम्बर बस्नेत रहेका छन् ।
फाउण्डेशन कोशी प्रदेशका अध्यक्ष गोपाल गुरागाईंको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.