उर्लावारी,७ असार। मोरङको उर्लाबारीका पत्रकार पुजन दासलाई निर्घात रुपमा कुटपिट गरेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका १० का ४० का शिव कार्की र सोही ठाउँका ३८ वर्षीया राजेश कार्कीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
पत्रकार दासलाई २८ सढे २ बजे रतुवामाई नगरपालिका १० सोमबारे स्थित कार्की वर्कसपमा मोटरसाईकल मर्मतका लागि आएको बेला उनीहरुले कुटपिट गरेका थिए । दासलाई कुटपिट गरेपछि उनीहरु फरार भएका थिए । फरार भएका उनीहरुलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा ज्यान मार्ने उद्योग कसूरमा तीन दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।