दमक ,६ असार । प्रेस चौतारी नेपाल पाँचथरकी जिल्ला सचिव भावना लिङदेनले संगठन त्यागेकी छन् । संगठनको जिल्ला सदस्य हुँदै हाल जिल्लाको सचिव पदमा रहेकी उनले संगठन भित्रको विकृतिका कारण संगठनसहित पार्टीको आवद्धता सवै त्यागेकी घोषणा गरेकी छन् ।
आज विहान उनले सामाजिक सञ्जालमार्फत संगठन त्यागेको उल्लेख गरेकी हुन् । उनले भनेकी छन् , –‘आजकै मितिबाट प्रेस चौतारी नेपाल पाँचथरको सचिवबाट राजिनामा दिएको र अलग भएको जानकारी गराउँदछु ।’
आफू कार्यरत रहेको संस्थामा काम गरिरहेको बखत केहि महिना अघि आफूमाथि भएको दुव्र्यवहारको घटनाका बारे पटक पटक न्यायका लागि पहल गरिदिन भनेर बारम्बार संगठनको ढोकामा पुग्दा समेत न्याय दिनको सट्टा अहिले त्यही पीडकलाई फूलमालाले स्वागत गरेको देख्दा झनै अचम्भित हुन पुगेकी सञ्जालमा उल्लेख गरेकी छन् ।