दमक ,८ असार । दमकको रतुवा पुल सडक खण्डमा गएराति सडक दुर्घटनामा परेर एकजना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा, कमल गाउँपालिका वडा नम्बर ५ मंगलबारेका ३० वर्षीय सुशील राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लामोसमयदेखि मंगलवारेमा बस्दैआएका उनका आमा , श्रीमती र एक छोरी छन् ।
इप्रका दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार गएराति ९ .३० बजे दमकबाट घरतर्फ जाँदै गरेका मे ९ प ८९०४ नम्बरको मोटरसाइकलमा सवार राई सोही दिशामा रोकीराखेको मे १ ख ३३१८ नम्बरको ट्रकको पछाडिको भागमा ठोकिएको थियो।
ठक्करबाट गम्भीर घाइते राईलाई दमकको निम्स अस्पतालमा ल्याई सामान्य उपचार पश्चात थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सब दमक अस्पतालमा राखिएको छ भने प्रहरीले दुर्घटनामा संलग्न ट्रकसहित त्यसका चालक झापा,अर्जुनधारा ७ बस्ने ५३ वर्ष रघुनाथ सिटौलालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।