
झापा , ६ असार । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आइतवारराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ ।
योसँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको प्रति लिटर १ सय ९२ रुपैयाँ पुगेको छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुरयाँएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।