नगरपालिका शाखा प्रमुखहरूको बैंठक सम्पन्न

पथरी, ५ असार । पूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयका शाखा प्रमुखहरुको हिजो शुक्रबार बैठक सम्पन्न भएको छ ।
नगरका योजनाहरुलाई चुस्तरुपमा अघि बढाउन कर्मचारीहरुको सधैं सकारात्मक र सृजनशील भूमिका निर्वाह हुनुपर्ने र नगरले पनि कर्मचारीका समस्या समाधान गर्दै दिगो विकासमा जोड दिनुपर्ने भन्दै उक्त बैठकले निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको अध्यक्षतामा भएको उक्त बैठकले प्रत्येक महिनाको पहिलो शुक्रबार वडा सचिवहरु समेतलाई सहभागि गराई शाखा प्रमुखहरुको बैठक बस्ने र कार्यसम्पादनमा सहजता ल्याउने समेत निर्णय भएको थियो। समस्याहरू र तिनको समधानका लागि छलफल गर्दै योजनावद्ध कार्यसम्पादन गरिने जनाइएको छ ।
बैठकमा उपसचिव शालिग्राम काफ्ले, लेखा प्रमुख पिताम्वर वस्ती सहित शाखा प्रमुखहरुले आ(आफ्नो धारणा राखेका थिए ।
प्रदेशले दियो स्वास्थ्य सामग्री
१ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश आपूर्ति केन्द्रले शुक्रबार मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
उक्त केन्द्रबाट ५ वटा अक्सिजन सिलिण्डर, १० लिटर क्षमताका २ वटा अक्सिजन कन्सनट्रेटर, १ सय २० वटा पीपीइ सेट सहितका सामग्री उपलब्ध भएको हो । जनस्वास्थ्य शाखा प्रमुख मुुरारी आचार्यका अनुसार १ हजार ८० वटा एननाइन्टिफाइभ मास्क, २ हजार ४ सय वटा सर्जिकल मास्क, २ सय वटा फेसियल मास्क, १ सय वटा चस्मा, ५ वटा पल्स अक्सिमिटर, ५ सय जोडी एक्जामिनेशन ग्लोब र २५ लिटर सेनिटाइजर समेत उपलब्ध भएको छ ।
जुनोटिक रोगबारे कार्यक्रम सम्पन्न
पूर्वी मोरङको पथरीशनिश्चरे नगरको पशुपंक्षी शाखामार्फत असार (४ गते नगरका स्वास्थ्यकर्मीलाई जनावरदेखि मानिसमा र मानिसदेखि जनावरमा सर्ने ‘जुनोटिक रोग’का बारेमा सचेतना कार्यक्रम भएको छ ।
नगर अस्पतालमा सम्पन्न कार्यक्रममा पशुपंक्षी शाखाका पशु सेवा प्राविधिक पर्वत साहले सहजिकरण गर्दै मानिसले पशुपंक्षी पाल्ने भएकाले एकको रोग अर्कोमा सर्ने भएकाले यस रोगबाट जोगिने उपायका बारेमा जानकारी गराएका थिए । उनले कुकुर आदि जनावरबाट सर्ने रेविज र कुखुरा, हाँस तथा चराहरुबाट सर्ने बर्डफ्लु र त्यसबाट बच्ने उपायका बारेमा समेत प्रष्ट्याएका थिए ।
मानिसमा सर्न सक्ने कुकुरको दिशामा पाइने फित्ते जुका सम्बन्धी हाइडाटिडोसिस, फित्ते जुकाकै संक्रमणबाट सुगुर, मानिस र गाइभैंसीमा लाग्ने सिष्टिसर्कोसिस, पशु, मुसा मानिसमा हुने लेप्टोस्पाइरोसिस र पशुको गर्भ तुहिने तथा प्रजननमा कमी आउने बुसेलोसिस आदिमा उनले जानकारी दिएका हुन् । मासु, दुध मजाले पकाएर मात्र खाने तथा पशुपंक्षीको हेरचाह गर्दा मानिसले स्वास्थ्य सावधानी अपनाउनु पर्ने सुझाव दिएका छन् ।
नगर अस्पतालका डाक्टर फरिन्दा गुरुङ र कर्मचारी एकराज खत्रीले यस्ता सर्ने रोगका बारेमा दुवैतर्फका स्वास्थ्यकर्मीलाई जानकारी हुँदा उपचारमा सहजता मिल्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published.