शिक्षिका थेवेलाई तुलसादेवी न्यौपाने स्मृति पुरस्कार

दमक ,५ असार । दमकका स्थापित होमियो चिकित्सक डा.लेखनाथ न्यौपानेसहितका परिवारले स्थापना गरेको स्व. तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट यसवर्ष दमकको हिमालय माध्यमिक विद्यालयकी शिक्षिका नैनकला थेवे पुरस्कृत हुने भएकी छन् ।
साहित्यकार समेत रहेका सामाजिक व्यक्तित्व डा.न्यौपानेसहित परिवारजनले आफना दिवंगत माताको स्मृतिमा बर्षेनी एक जना शिक्षकलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कार वितरण गरिआएको छ ।
शिक्षण पेशामा संलग्न शिक्षकहरुलाई प्रोत्साहन स्वरुप दाता न्यौपाने परिवारजनले दिवंगत पितृको स्मृतिमा दमकको साहित्य कला संगममा अक्षयकोष स्थापना गरेका छन् । सो पुरस्कार भोलि शुक्रवार वितरण गरिने दाता परिवारका डा. लेखनाथ न्यौपानेले बताए ।
सोहि अवसरमा हिमाविका पूर्व विद्यार्थी मञ्च- २०४४ समूहले सुनौलो भविष्य पुरस्कार वितरण गरिने छ । उक्त समूहले सोहि विद्यालयका गरिव तथा जेहेन्दार २२ जना विद्यार्थीलाई शैक्षिक सहायता सामाग्रीहरु वितरण गरिने डा. न्यौपानेले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published.