चुम्लुङ झापाका अध्यक्ष फियाकलाई पितृ शोक

दमक,४ असार । किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष तथा लिम्बू भाषा लिपीका सर्जक शेसेहाङ फियाकलाई पितृ शोक परेको छ ।उनका ८३ बर्षिय पिता मकरसिंह फियाकको मंगलवारराति झापाको शिवसताक्षी नगरपालिका वडा न. १ स्थित धरमपुरमा निधन भएको हो ।

बि.सं. १९९९ साल चैत ३० गतेका दिन साविक आरूबोटे गाविस वडा नं. २ डाँडागाउँ आम्बेबुङ हालको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुबोटे डाँडागाउँ आम्बेबुङमा जन्मिएका उनी लामोसमयसम्म इलामको माङ्सेबुङ गाउँपालिका वडा नं. ५ स्थित तेङ्गोबुङमा बस्दैआएका थिए ।उनी उपचारका सिलसिलामा दमकमा बस्दैआएका थिए ।

लामोसमयदेखि उनी मुटु रोग सम्बन्धी स्वास्थ्य समस्या झेलिआएका थिए । स्व. फियाकका सुपुत्र शेसेहाङ नेपाल प्रेस युनियन तथा नेपाल पत्रकार महासंघ झापाका साधारण सदस्य लगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् । स्व. फियाकको पार्थिव शरीरलाई भोलि विहिबार धरमपुर चौक उत्तर समाधिस्थलमा बिहान ११ बजे अन्त्येष्टी गरिने जनाईएको छ ।

 

Leave a Reply

Your email address will not be published.