टिफर र बस जुध्यो , २० जना घाइते

दमक , ४ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका -४ चुलाचुली मोडस्थित सडकखण्डमा टिफर र यात्रुवहाक बस एकापसमा ठक्कर खादाँ २० जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान सवा ७ बजेको समयमा झिलझिलेबाट दमकतर्फ जाँदै गरेको बा३ ख २१६६ न.को टिपर र बिपरित दिशा तर्फबाट आउँदै गरेको को १ ख ५०८७ न.को यात्रुबाहक बस एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ बसमा सवार दुई जना नाबालकसहित २० जना यात्रु घाईते भएका हुन् ।
उनीहरुलाई उपचारका लागि दमक,विर्तामोड र मोरङको विराटनगरका विभिन्न अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइते हुनेहरुमा कमल गाँपालिका –४ बस्ने बर्ष ३८ की बिनु लिम्बू , दमक नगरपालिका–५ बस्ने बर्ष ४२ का कलिन्द्र शेर्मा, मोरङ,मधुमल्ला –८ बस्ने ३६ बर्षिया कल्पना कटुवाल, उनकै ५ बर्षिय छोरा, मोरङ ,पथरी शनिश्चरे नगरपालिका वडा नं.–१ बस्ने बर्ष ४० की पूर्णमाया पोखरेल, झापा, दमक नगरपालिका वडा नं.–८ बस्ने बर्ष ५१ का होमबहादुर भट्टराई, ईटहरी उपमहानगरपालिका वडा नं.–५ बस्ने बर्ष ३८ की शारदा खड्का, दमक नगरपालिका –५ बस्ने बर्ष ४५ का अच्युत निरौला, कमल गाउँपालिका वडा नं.–५ बस्ने बर्ष ३८ की लिला चौहान रहेका छन् ।
यसैगरि, घाईते हुनेहरुमा दमक –१ बस्ने बर्ष ३५ का राजु कडरिया, गौरादह नगरपालिका वडा नं.–४ बस्ने बर्ष ३० का दुर्गाबहादुर श्रेष्ठ, मोरङ ,उर्लाबारी नगरपालिका वडा नं.–७ बस्ने बर्ष ५० का कृष्णकुमार तामाङ, दमक–८ बस्ने बर्ष ६५ का भरत ढकाल, दमक .–१ बस्ने बर्ष ४६ की बबिता राई, दमक –४ बस्ने बर्ष ३० की भारती मगर , कमल गाँउपालिका–५ बस्ने बर्ष ४० का लक्ष्मी सुब्बा, बिर्तामोड –४ बस्ने बर्ष २१ का कर्णबहादुर राजबंशी , भोजपुर ट्याम्केमैयुम –४ बस्ने बर्ष ४५ की चरित्र राई, मोरङ पथरीशनिश्चरे–१ बस्ने बर्ष ६५ का टंकप्रसाद चुडाल र.उनकै छोरी बर्ष १५ की क्याटरिना चुडाल घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न बस चालक उदयपुर त्रियुगा नगरपालिका वडा न. ३ बस्ने ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषा गणेशमान नगरपालिका–५ बस्ने ३४ वर्षीय शेरबहादुर राईलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

Leave a Reply

Your email address will not be published.