अनेरास्ववियु झापाको अध्यक्षमा गिरी निर्वाचित

बिर्तामोड, ३ असार । नेकपा एमाले निकट अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् ।गएराति सम्पन्न मतगणनाबाट ३५० मत ल्याई अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी नारायण पोखरेलले २३० मत पाएका छन् ।
गत जेठ २९ गते शुरु भएको २१ औं जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिवार निर्वाचन भएको थियो । यस्तै, उपाध्यक्षमा अरुण तिम्सिना ,सचिवमा बालचन्द्र कार्की , तीन सहसचिवमा मदन ओली, विनिता न्यौपाने र पुजा सुवेदी र कोषाध्यक्षमा सलिना गुरुङ सर्वसम्मत भएकी छन् । सदस्यहरु पनि सर्वसम्मत भएको जनाइएको छ । अनेरास्ववियु झापाको कार्यसमिति ५१ जनाको गठन हुने भएको छ । अधिवेशनमा करिव साढे ७ सय मतदाता रहेकोमा ५८८ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.