धरान ,३ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेशअन्तर्गत लिम्बूवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ ।सुनसरीको धरानमा सम्पन्न अधिवेशनबाट मचिन्द्र बेघाको अध्यक्षतामा २१ सदस्यीय पहिचानमा आधारित राष्ट्रिय समितिअन्तर्गतको लिम्बूवान राष्ट्रिय समिति निर्वाचित भएको पार्टीले जनाएको छ ।
समितिको उपाध्यक्षमा मणी लुङ्घेली, रीता खापुङ, हेमराज जिमी मुख्य सचिवमा सञ्जय मेवाहाङ राई, सचिवमा सूर्य तमु, सोनिका आठपहरिया, कमल नेम्बाङ ,कोषाध्यक्षमा गीता कुमारी याक्खा निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए भने विशिष्ट वक्ताको रुपमा रकम चेम्जोङ रहेका थिए ।