नेविसंघद्धारा कमल गाउँपालिकाको ध्यानाकर्षण

दमक,१ असार । कमलका बजारमा बेचिरहेको ‘आर्जन’ नामक दालमोठको ठेगाना गलत उल्लेख गरि उपभोक्तालाई ठगी गरिआएको भन्दै नेपाल विद्यार्थी संघले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।
नेविसंघ कमल गाउँपालिका समितिको टोलीले शुक्रवार पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई भेटेर डीएम फूड स्पाईस नामक खाद्य उद्योगलाई छानवीन गरि कडा कारवाही गर्न माग गरेका हुन् ।उक्त उद्योगले  कमल ८ मा ठेगाना उल्लेख गरि वजारमा दालमोठ विक्री गरिरहेको हुदाँ पालिकाको भौगोलिक इतिहासमाथिनै बदनाम हुने गरि ठगी गरिआएको हुदाँ उक्त उद्योगलाई छानवीन गरि कारवाही गर्न माग गरिएको नेविसंघका सभापति अनिल सम्बाहाम्फेले बताएका छन् । संघले सात दिन भित्रमा सो घटनाबारे कमलबासीलाई सार्वजनिक रुपमा जानकारी समेत गराउन माग गरिएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । ध्यानाकर्षणपत्र हस्तान्तरणमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य लगायतको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.