कमलका तीन ठाउँमा निशुल्क शिविर चल्ने

कमल ,२४ जेठ । कमलका तीन ठाउँमा विशेषज्ञ टोलीद्धारा महिला स्वास्थ्य जाँच शिविर गरिने भएको छ ।कमलका महिलाहरुलाई लक्षित गरी निशुल्क घुम्ती महिला स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । पालिकाको स्वास्थ्य शाखाले यही जेठ २५, २६ र ३२ गते अलग अलग तीन ठाउँमा महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाइएको छ । शिविरमा महिलाहरुको आङ खस्ने समस्या, स्तन क्यान्सर , पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्वास्थ्य परामर्श तथा नमुना संकलन गरिने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक दिपकप्रसाद दाहालले जानकारी दिए ।
विशेषज्ञ चिकित्सकस्हितको टोलीले उल्लेखित विशेष परीक्षण गर्नुका साथै महिलाहरुका अन्य स्वास्थ्य समस्याहरुको उपचार र निदानका लागि आवश्यक परामर्श सेवा दिने जनाइएको छ । आम्दा अस्पताल, दमक र नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समेत प्राविधिक सहयोगमा पहिलो दिन जेठ २५ गते वडा नं ६ स्थित लखनपुर स्वास्थ्य चौकीमा विहान १० बजेदेखि , दोश्रो दिन वडा नं ३ स्थित केराधापमा रहेको कञ्चनजंघा आधारभुत बिद्यालयमा र जेठ ३२ गते १ नंम्बर वडा कार्यालय भवनमा शिविर सञ्चालन गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.