दमक,२४ जेठ । दमक नगरपालिकाले इलाका प्रहरी कार्यालय दमकलाई दैवी प्रकोपमा उद्धारका लागि चाहिने विभिन्न सहायता सामाग्रीहरु दिएको छ ।बुधबार एक कार्यक्रमका बीच दमक नगर प्रमुख रामकुमार थापा ,नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई ,प्रमुख प्रशासकीय अधिकृत डम्मरुप्रसाद निरौलाले विभिन्न किसिमका सामाग्रीहरु दिएका हुन् ।
नगरपालिकाले दैवी प्रकोप उद्धारका लागि स्ट्रेचर–१ सेट,लाइफ ज्याकेट–१० सेट,फरुवा–४ थान, बेल्चा–५ थान,बाल्टिन–५ थान,गैति–५ थान,डोरी–५० किलो,ट्यूव–१० थान र झम्पल–४ थान प्रदान गरिएको हो । दैवी प्रकोप रोकथाम तथा नियन्त्रणका लागि प्रहरीलाई चाहिने ती आवश्यक औजारहरु दमक प्रहरी प्रमुख डिएसपी मनोजकुमार लामालाई प्रदान गरिएको थियो ।