
दमक,२० जेठ । दमकका सामाजिक व्यक्तित्व हरिलाल देवानको निधन भएको छ । दमक ८ किरात मार्ग निवासी समाजसेवी देवानको ८४ बर्षको उमेरमा आज विहान आफनै निवासमा निधन भएको हो ।
लामो समयदेखि पक्षघातवाट थलिएका उनले किरात याक्खाहरुको जातिय संस्था किरात याक्खा छुम्माका संस्थापक झापा जिल्ला अध्यक्ष लगायतका विभिन्न सामाजिक कार्यहरुको योगदान पुरयाँएका थिए । पूर्व व्रिटीस गोर्खा सैनिक समेत रहेका उनका पाँच छोराहरु पूर्ण,योगराज,योगिन्द्र,गोविन्द र टीकाराज र दुई छोरीहरु कुमारी र देवकी देवान रहेका छन् ।
उनले आफनो अनुभव समेटेर २०७४ सालमा ‘‘मेरो विगतलाई फर्केर हेर्दा ’नामक जीवन संस्मरण प्रकाशित समेत गरेका थिए । उनको पार्थिक शरीर आज विहिबार दिउँँसो १२ वजे कन्काई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।