गाउँपालिका अध्यक्ष राईले राजमार्गमा चलाए जेसीबि

दमक ,२० जेठ । झापाको कमल गाउँपालिका अध्यक्षको निर्देशनमा पूर्वपश्चिम राजमार्गमा रहेको एउटा सडक संरचनाले दुर्घटनाको जोखिम बढाएको भन्दै भत्काइएको छ । पालिका अध्यक्ष हुकुमसिंह राईको निर्देशनमा कमल ३ केरखास्थित पूर्व स्टेण्डमा निर्माण रहेको संरचनाले आवगमनमा अवरोध पुरयाएको भन्दै त्यस संरचना भत्काइएको हो ।
सो संरचनाका कारण सो क्षेत्रमा सडक दुर्घटनाको जोखिम भएको गुनासोपछि पटक पटक सडक डिभिजन कार्यालय दमकलाई सो संरचना हटाउन आग्रह गरिएपनि डिभिजनका प्राविधिक तथा कर्मचारीहरुले अटेर गरेपछि बिहिबार सो ठाउँमा अध्यक्ष राई जेसीबि (भत्काउने उपकरण)लिएर पुगेका थिए । पछिल्ला समय सडक विस्तार हुने क्रम चलेपनि त्यस्ता संरचना नभत्काइदाँ दिनमा भन्दा रातको समयमा त्यस्ता संरचना दुर्घटना स्थल मानिन्दैआएका छन् ।
अध्यक्ष राईको निर्देशनमा पालिका क्षेत्रमा पर्ने राजमार्गको सो खण्डबाट त्यस्तो संरचना भत्काएर आवागमन सहज बनाइएको छ । अध्यक्ष राईले सो संरचनाका कारण त्यहाँ दुर्घटनाको जोखिम बढेको जनगुनासोका आधारमा पटक पटक सम्बन्धित निकायलाई गरिएको अनुरोधलाई वेवास्ता गरेका कारण आफू सो ठाउँमा पुगेर त्यस्तो निर्देशन गरेको बताए । उनले भने, –‘स्थानीय सरकारले स्थानीयको गुनासो र समस्याहरुको सम्बोधन गर्नुपर्ने दायित्व हो, हामीले सडक डिभिजनलाई पटक पटक भन्यौं तर उहाँहरुले अटेर गरेपछि एक्सनमा जानु परेको हो । ’
लाफादी– सराङ्गपाँडा सडक पुनः निर्माण शुरु
कमल १ को लाफादीदेखि सराङ्गपाँडा जोडिने प्लम सहितको बाटो पुनः निर्माण कार्य शुरु गरेको छ । निर्माणका क्रममा त्रुटिका कारण केहि समय रोकिएको सो बाटो हाल आएर ठेकदार पक्षले आफ्नो कमीकमजोरी स्वीकार गरि स्टिमेट अनुसार काम गर्ने सहमति भएपछि काम शुरु गरेको हो । काममा गुणस्तरियसंगै समयमा नै सम्पन्न गर्ने सहमति भएपछि रोकिएको बाटोको काम शुरु भएको अध्यक्ष हुकुमसिंह राईले बताएका छन् ।
दमकका मुख्य चौक झनै जोखिम
कमलसंग जोडिएको दमक चौंकका सडक झनै जोखिम मानिन्दै आएको छ । दमक चौंकको आकासे पुलदेखि पश्चिमको एकसय मिटर सडक अतिनै जोखिम मानिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालय दमकका अनुसार त्यस सडकको दायाँवाया बाटोसंगैको नाला माथिको स्लापले दुर्घटनाको जोखिम गरिआएको छ । पूर्वपश्चिम राजमार्गको आकासेपुलस्थित सडकखण्डका नालामाथिको पूरानो संरचनाका कारण त्यहाँ दिनहुँजसो दुर्घटना हुने गरेको स्थानीय व्यवसायी साजन शिवाकोटीले बताए । उनले सडकझै देखिने नालीमा चालकले प्रष्ट ठम्याउन नसक्दा मोटरसाईकल भने दुर्घटना हुने गरेको बताए । सधै यात्रा गर्नेले त्यहाँको संरचनाका बारे जानकार भएपनि कहिलेकाही सवारी चलाउनेले त्यहाँ दुर्घटनामा पर्ने गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.