डा. न्यौपानेले निकाले पाँचौ पुस्तक –‘मेरो देश’

दमक,१७ जेठ । दमकका होमियो चिकित्सक तथा सामाजिक व्यक्तित्व डा. लेखनाथ न्यौपानेले आफनो पाँचौ पुस्तक वजारमा ल्याएका छन् । ‘मेरो देश’ नामक पुस्तक यहि जेठ २० गते काठमाण्डौमा अग्रज श्रष्टा प्रा.डा.गोविन्दराज भट्टराईले लोकापर्ण गर्ने कार्यक्रम रहेको लेखक न्यौपानेले बताएका छन् । उक्त पुस्तक भँुडीपुराण प्रकाशनले निकालेको हो ।
उनका अनुसार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तकको लोकापर्ण कार्यक्रम राखिएको छ । यसअघि लेखक न्यौपानेले होमियोप्याथिक चिकित्सा प्रणाली (२०६५), छोरा उपन्यास (२०७० ) , हराएका अनुहार कथा सङ्ग्रह (२०७२), स्वास्थ कसरी रहने (२०७६) वजारमा ल्याईसकेका छन् । होमियोचिकित्सा पेशाबाहेक सामाजिक कार्यमा सक्रिय डा.न्यौपाने यस अनलाइन न्यूजपोर्टल नियमित स्तम्भकार हुन् ।

Leave a Reply

Your email address will not be published.