चौथो पाराबारी अन्तरपालिका भलिबल प्रतियोगिता हुने

शिवसताक्षी,१६ जेठ । झापाको शिवसताक्षीमा चौथो पाराबारी आमन्त्रण अन्तरपालिका भलिबल् प्रतियोगिता -२०८२ हुने भएको छ ।पाराबारी बजार ब्यबस्थापन समिति र ३ न.वडा खेलकुद समितिको संयुक्त आयोजनामा हुने भलिबल प्रतियोगिता यहि जेष्ठ २१ देखि २३ गते सम्म सञ्चालन हुने जनाइएको छ ।

शिवसताक्षी ३ स्थित पारबारी बजारको खेल मैदानमा हुने उक्त प्रतियोगितामा झापा र मोरङ्गका १२ पालिकाको टिम सहभागी हुने खेल संयोजक लासाङ्गदोर्जे तामाङ्गले बताएका छ्न । उनका अनुसार झापाको ९ पालिका र मोरङ्गको ३ पालिकाको टिम समाबेश हुने छ्न्।

जसअनुसार आयोजक शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका ,गौरादह नगरपालिका ,भद्रपुर नगरपालिका ,बिर्तामोड नगरपालिका ,मेचीनगर नगरपालिका त्यसैगरी झापा गाउँपालिका बाह्रदशी गाउँपालिका र कमल गाउँपालिका रहेका छ्न । त्यस्तै मोरङको बेलबारी नगरपालिका ,लेटाङ नगरपालिका र उर्लाबारी नगरपालिका समाबेश हुने खेल संयोजक तामाङ्ले जानकारी दिए ।

३ दिवसिय पुरुष भलिबल प्रतियोगिताको बिजेताले नगद ५०हजार मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ्न भने उपबिजेताले टिमले नगद ३० हजार सहित मेडल ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउने छ । त्यसैगरि बिद्यागत पुरस्कार समेत प्राप्त गर्ने आयोजकको भनाई छ ।

भलिबल खेलको सर्बाङगीण बिकास गर्दै यस क्षेत्रमा रहेका खेलाडी हरुको खेल कौशलको पहिचान र प्रवर्द्धन संगै खेलकुदको माध्यमबाट युवालाई लागुऔषध दुर्ब्यसनीमा फस्न नदिनको लागि पनि खेलकुदको ठुलो भुमिका हुने भएकाले पनि भलिबल खेलको आयोजना गरिएको पाराबारी बजार ब्यबस्थापन समिति तथा आयोजक समितिका अध्यक्ष मेगराज ओझाले बताए ।
प्रतियोगिता संचालन गर्नको लागि अनुमानित बजेट ३ लाख ३० हजार खर्च हुने बताइएको छ भने खर्च ब्यबस्थापन शिवसताक्षी नगरपालिका , ३ न वडा कार्यलय , खेल प्रेमी ब्यबसायीहरु , बिभिन्न संघ संस्थाहरु र बिभिन्न देश बिदेशमा रहेका खेल प्रेमी नेपालीहरुबाट आर्थिक संकलन गरिने जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा शिवसताक्षी ३ का वडाध्यक्ष भाष्कर न्यौपानेले भलिबल प्रतियोगितालाई सफल बनाउन सबै एक जुट भएर लाग्नु पर्ने जोड दिए ।उनले भने यस अघि प्रदेश स्तरिय भलिबल प्रतियोगिता हुदै आएको अवस्थामा कोरना कहरका कारण खेलले निरन्तरता पाउन नसकेको हो । वडाको पहिचान र गहनाको रुपमा रहेको भलिबल खेललाई निरन्तरता दिन वडाको तर्फबाट आवश्यक सहयोग रहने बताए ।
पत्रकार सम्मेलनमा भलिबल प्रतियोगिताका सल्लाहकार संयोजक चुडामणी बुडाथोकी,कार्यपालिका सदस्य मुनाकुमारी तामाङ, वडा सदस्य शंकर राई, प्रहरी चौकी मंगलबारेका इन्चार्ज गेहेन्द्र तिम्सिना लगायत पाराबारी बजार ब्यबस्थापन समिति र वडा खेलकुद समितिका पदाधिकारीहरुको सहभागिता रहेको पत्रकार सम्मेलनमा भेट्रान भलिबल खेलाडी महेन्द्र सम्बाहम्फेको स्वागत मन्तब्य रहेको थियो भने संचालन आयोजक समितिका सचिब आर्जुन पोखरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.