खेलकुद महासंघको नयाँ नेतृत्व, अध्यक्षमा कोइराला

दमक,१६ जेठ । नेकपा एमाले सम्वद्ध नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयन भएको छ । विहिबार दमकमा भएको दोश्रो प्रदेश अधिवेशले रोहित कोइरालाको अध्यक्षतामा महासंघको प्रदेश कमिटी चयन गरेको हो ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा भिम लिबाङ , महिला उपाध्यक्षमा सृजना भुजेल, सचिवमा हेमन्त सुवेदी, उपसचिवद्वयमा सुरज साँवा, कर्ण थापा र कोषाध्यक्ष सुरेश गिरी चुनिएका छन् । यसैगरि सदस्यहरुमा दिनेश राई,विनु वान्तवा लगायत रहेका छन् । महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेतको प्रमुख आतिथ्यता तथा प्रदेश अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा प्रदेश अधिवेशन भएको हो ।

Leave a Reply

Your email address will not be published.