दन्त शिविरमा ९० जनाले पाए सेवा

दमक,१६ जेठ । झापाको कमल -६ मा सञ्चालित निशुल्क दन्त शिविरमा ९० जनाले सेवा पाएका छन् ।प्रगतिशील बाल क्लबको आयोजना र आमा डेन्टलको प्राविधिक सहयोगमा विहीबार भएको निःशुल्क दन्त परीक्षण तथा उपचार शिविरमा ९० जनाले सेवा लिएका आमा डेन्टल केयरले जनाएको छ ।

क्लबकी अध्यक्ष अरुणा बस्नेतको अध्यक्षता र कमल गाँउपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यमा संचालित शिविरमा वडा नं. ६ का वडाअध्यक्ष नरेन्द्र भट्टराई र आमा डेन्टलका प्रबन्ध निर्देशक अर्जुनकुमार श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।

क्लबकी उपाध्यक्ष प्राप्ति काफ्लेले स्वागत मन्तव्य राखेको शिविर उदघाटन कार्यक्रममा क्लबका संरक्षक तथा जिम्दार टोल विकास अध्यक्ष नवीन भट्टराई, पुष्पाञ्जली कृतन मण्डलीकी अध्यक्ष अम्बिका पराजुली र कमल बाल सञ्जाल सदस्य अनिल पराजुली लगायतको आतिथ्य रहेको थियो ।
शिविरमा आमा डेन्टलकी डाक्टर संगीता बराल , सन्ध्या आचार्य र आसन राईले सेवा दिएकी क्लबका सचिव सुरज सेडाईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.