वजार प्रतिनिधिले गरे दमकमा सरसफाई

दमक,१७ जेठ । नेपाल वजार प्रतिनिधि संघमा आवद्ध पेशाकर्मीहरुले आज दमकमा सचेतनामूलक सरसफाई गरेका छन् ।संघको २३ औं बार्षिकोत्सवका अवसरमा नेपाल बजार बिक्री प्रतिनिधि संघ मेची इकाई समितिले दमक चोक आसपास क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिएको कार्यक्रम संयोजक दुर्गाराज अधिकारीले बताए ।
संघका केन्द्रीय सदस्य शिवहरि काफ्ले प्रमुख आतिथ्यमा भएको सो अवसरमा उनीहरुले दमकको गणतन्त्र चौंक आसपासका क्षेत्रमा सरसफाई गरेका थिए । पोखरामा स्थापना गरिएको यस संघले स्थापना यता देशैभरि सञ्जाल विस्तार गरि बिबिध रचनात्मक काम गर्दै आएको र यसपटक दमकमा भने पहिलोपटक सरसफाई अभियान सञ्चालन गरिएको सचिव डिल्लीराज न्यौपानेले बताए ।
कार्यक्रममा संघका मेची इकाई उपाध्यक्ष रमेश बानियाँ,सदस्यहरु हरि पोख्रेल,सुमन रिजाल ,नवीन तिम्सिना ,हेमन्त थापा,मोती श्रेष्ठ ,अर्जुन कोइराला,रमेश खनाल ,लक्ष्मीनारायण शाह ,इन्द्र खनाल ,हेमन्त मिश्र लगायतको उल्लेखीय उपस्थिति रहेको थियोे ।सरसफाई अभियान सफल बनाउन दमक उद्योग वाणिज्य संघ,नेक्सट इरा इनर्जी प्रालि र दुर्गा भवानी मिनिरल्स एण्ड वेभरेज इण्ड्रस्टिज प्रालिले सहयोग पुरयााएको थियो ।

Leave a Reply

Your email address will not be published.