शरणार्थीका विषय उठान गरिदिन प्रधानमन्त्रीलाई शरणार्थीको पत्र

दमक,१६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड )को आसन्न भारत भ्रमणका क्रममा आफुहरुको माग पनि छलफलको बिषय बनाईदिन शरणागत भुटानी शरणार्थीहरुले आग्रह गरेका छन् ।
भुटान स्वतन्त्र जनमञ्च र राष्ट्रिय मेलमिलाप समिति भुटानले सोमबार प्रधानमन्त्री दाहाललाई पत्र पठाउदै आसन्न भारत भ्रमणका क्रममा आफुहरुको स्वदेश फिर्तीका मागलाई प्रमुखताका साथ छलफलमा उठाईदिन आग्रह गरेका हुन् ।
जनमञ्चका महासचिव धनवीर सुब्बा र मेलमिलाप समितिका संयोजक कृष्णवीर तामाङ्गले संयुक्त हस्ताक्षर गरेको बिज्ञप्तिमा आफुहरु आत्मसम्मान पूर्वक स्वदेश फर्कन चाहेको भन्दै आफुहरुको माग भारतीय समकक्षीसंग उठाईदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका छन् ।
शरणार्थी समस्या समाधानका बिकल्प मध्ये तेस्रो देश पुनर्वासलाई मात्रै प्राथमिकता दिएर भुटानी शरणार्थी समस्या समाधान भएको जस्तो गरिएको भन्दै यसमा आफुहरुको गंभीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ ।
भुटानी शरणार्थीको दिर्घकालीन समाधान भनेको सम्मानजनक स्वदेश फिर्ती मात्र एकमात्र विकल्प भएकाले त्यसलाई अघि बढाएर आफुहरुको स्वदेश फिर्ता हुन पाउने अधिकार सुनिश्चित गरिदिन नेपाल सरकार साथै सम्बन्धित निकायमा अनुरोध गरिएको विज्ञप्तिमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.