दमक,१५ जेठ । १८ औं गणतन्त्र दिवसका अवसर पारेर दमकमा आयोजित रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ । नेपाली कांग्रेस दमक नगर समितिले पार्टी कार्यालय परिषरमा विहिबार आयोजना गरेको रक्तदानमा ७ महिलासहित ५१ जनाले रगतदान गरेको सभापति प्रकाश प्रसाईले बताए ।
कांग्रेस जिल्ला सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा कांग्रेस कोशी प्रदेश सदस्य भूमिराज राई, महासमिति सदस्यहरु मेदनी सिटौला, आइन्द्र केरुङ, कांग्रेस दमक नगर उपसभापति सागर खनाल,दमक जेसीजका अध्यक्ष सहदेव भट्टराई, पूर्व अध्यक्ष सञ्जीव बराल, कांग्रेस जिल्ला सदस्य दिलु सुब्बा, कांगेस दमक नगर सचिव दिपेश दाहाल, दमक- ९ का कांग्रेस सभापति युवराज कोइराला,व्यवसायी रक्षा सुवेदी, युवराज अधिकारी लगायतले रगतदान गरेका थिए । रक्षा र युवराज दम्पत्ती हुन् ।
रक्तदान उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कांग्रेस जिल्ला सभापति थेवे, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतले गणतन्त्र दिवसको महत्वका विषयमा चर्चा गरेका थिए । उनीहरुले दिवसमा जीवन बचाउने रगतदान जस्तो मानवीय सामाजिक कार्यमा पार्टीको यो कार्य प्रंशनीय भएको औल्याए ।
रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।