दमक,१५ जेठ । दमक ६ स्थित मुख्यचौंक भिसी मार्केटमा रहेको निर्णायक रेफ्रिरेन्स ल्यावले आज आफ्नो पाँचौं बार्षिकोत्सव मनाएको छ । दमकमा पहिलो पटक अत्याधुनिक प्रविधिसहितको ल्याव सेवा दिने उद्देश्यले स्थापना भएको ल्यावले एक संक्षिप्त कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो ।
बार्षिकोत्सव समारोहमा ल्यावका सञ्चालक समेत रहेका पूर्व संस्थापक निर्देशक तेजराज घिमिरे, ल्यावका पूर्व प्राविधिक सुमन निरौलाले निर्णायक रेफ्रिरेन्स ल्यावको स्थापनाका उद्देश्य माथि आ-आफना विचार राखेका थिए । त्यस्तै ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्कीले सर्वसाधारण सेवाग्रहीलाई ल्याव परीक्षणका लागि दमक बाहिर जानु पर्ने समस्या हटाउन यस ल्याव प्रतिवद्ध भएको जनाए ।
उनले ग्राहकहरुको निम्ति आगामी दिनमा समेत थप गुणस्तरीय सेवा सञ्चालनका साथ भरपर्दो र विश्वशनिय रिपोर्ट दिने प्रतिवद्धता जनाएका थिए । ल्यावका कार्यकारी निर्देशक कार्कीका अनुसार पाँचौ बार्षिकोत्सवको अवसरमा ल्यावले सेवाग्रहीका लागि बम्पर छुटको योजना पनि सार्वजनिक गरेको छ ।
जसअन्तर्गत होलबडी परीक्ष्ँणमा अधिकतम ४० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ । होलबडीमा न्युनतम ३५ सयदेखि १० हजार ५ सयसम्मका बिभिन्न प्याकेजहरु राखिएको छ ।
त्यस्तै सम्पूर्ण स्वास्थ्य जाँचमा १० देखि ३० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । त्यस्तै थाइराइडका बिरामीहरुका लागि थाइराइड जाँचमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । सुगरका बिरामीहरुका लागि निशुल्क सुगर जाँचको सुबिधा पनि दिएको छ ।
आर्थिक हिसावले बिपन्न बिरामीहरुलाई पनि सुगर जाँचमा समस्या सहज होस् भनेर दैनिक निशुल्क सुगर जाँचको ब्यवस्था गरिएको उनले बताए ।ल्यावले सरदर मासिक ३ सय बढी विरामीको रगत,पिसावबाट देखिने सवै किसिमका जाँच सेवा उपलव्ध गराउदै आएको छ ।
त्यसैगरि, बार्षिकोत्सवमा ल्यावले आफ्नै कार्यालयमा केक काटेर खुशियाली मनाएका छन् । ल्यावकी कर्मचारी समेत रहेकी दलित समुदायकी ल्याव प्राविधिक मिना मल्लिकले सो केक काटेकी थिइन् । कार्यक्रममा ल्याव सञ्चालक, ल्याव सेवाका प्राविधिक टोली, नर्स, कर्मचारी र स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।