झापा , १५ जेठ । मोटरसाइकलको ठक्करबाट झापाको कन्काई नगरपालिका–१, चुके कल्भर्टमा आज बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतीय नागरिक ६५ वर्षीय दिपराज चरज रहेका छन् । बाटो पार गर्दै गरेका उनलाई पौने ५ बजे विहान मे ९ प ५७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उपचारको लागि बिर्तासिटी अस्पताल पु¥याउनासाथ दिपराजलाई डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको बताइएको छ ।