दमक,१५ जेठ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा सबै प्रकारका खेल खेलाउन मिल्ने अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले झापाको दमकमा सबै प्रकारका खेल खेलाउन मिल्ने आधुनिक रंगशाला निर्माण गरिने उल्लेख गरेका छन् । वजेटले रंगशालाको नाम भने उल्लेख गरेो छैन् । दमक- ३ स्थित हंसेदुम्से सामुदायिक बनको केहि जमीन मासेर त्यहाँ मदन भण्डारी रंगशाला बनाउने प्रम ओलीले यसअघि नै कामको शुरुवात गरिसकेका छन् ।
दमक नजिकैको लखनपुरमा आदिवासी रंगशाला भने अहिलेसम्म अलपत्र अवस्थामा छ। आदिवासी समुदायको चिहान हटाएर निर्माण थालिएको रंगशालाको नाम फेरेर यसअघि ओली नेतृत्वकै सरकारले मदन भण्डारी रंगशाला नाम राखेपछि विवाद भएको थियो। बजेटले बनाउने भनेको रंगशाला आदिवासी रंगशाला नै हो कि अर्को भन्ने प्रष्ट छैन।