कमलका विद्यालयमा निशुल्क दन्त तथा आखाँ शिविर

दमक,१२ जेठ । सामुदायिक विद्यालयका बिद्यार्थीहरुलाई लक्षित गरि कमल गाउँपालिकामा आँखा तथा दाँत सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।पालिकाको स्वास्थ्य शाखाको आयोजना तथा दमकको ॐ शान्ति डेण्टल र बिर्ताज्योति आँखा अस्पताल दमकको प्राविधिक सहयोगमा शुरु भएको शिविर सात दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
शुक्रवार महेन्द्ररत्न माविबाट शुरु भएको शिविरको कार्यक्रम अन्तरगत आज भने कमल १ को बासबारी मावि सञ्चालन गरिएको थियो । कमल १ का वडाअध्यक्ष केदार कटुवालको प्रमुख आतिथ्यतामा सो शिविर २५९ जना विद्यार्थीले आँखा र दात सम्बन्धीको स्वास्थ्य जाँच गरि दुबै सेवा पाएका स्वास्थ्य शाखाका दिपक दाहालले जानकारी दिए ।
शिविरको कार्यक्रम अन्तरगत १४ जेठमा कमल ३ केर्खास्थित शहिद धर्मभक्त मा. वि , १६ गते कमल ४ को ज्योति मावि, १७ गते कमल ५ स्थित मंगलमय मावि , १८ गते कमल ६ को बाणी मावि र १९ गते कमल ७ बाह्घरेस्थित सरस्वती माविमा निशुल्क दन्त तथा आखाँ शिविर हुने जनाईएको छ ।

 

Leave a Reply

Your email address will not be published.