‘कोशी’ विरुद्ध विराटनगर केन्द्रीत आन्दोलनको तयारी

दमक,१२ जेठ । कोशी प्रदेशको बजेट अधिवेशन आह्वान भएपछि प्रदेश नामकरणको विरोधमा आन्दोलनरत विभिन्न राजनीतिक दल र पहिचानवादी संघसंस्थाले विराटनगर केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन् ।
प्रदेशको नाम पहिचानका आधारमा पुनः नामाङ्कनको माग गर्दै आएको प्रदेश १ पुनः नामकरण संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेको हो । संघर्ष समितिले विज्ञप्ति जारी गर्दै पहिचान पक्षधरहरुको जारी आन्दोलनलाई शसक्त बनाउदै १४ जेठबाट प्रदेशसभा सचिवालय क्षेत्रमा केन्द्रित रहेर आन्दोलन गर्ने जानकारी दिएको छ ।
फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । आन्दोलनका क्रममा गत चैत १० गते प्रदेशको नामकरणपश्चात उत्पन्न भएको परिस्थितिका कारण मोरङ्ग ,बेलबारी २ लालभित्तीका पदमबहादुर लिम्बू (लाजेहाङ ) को  गत चैत १० गते आन्दोलनकै क्रममा मृत्यु भएको थियो । त्यस्तै, दमकमा भएको प्रर्दशनका क्रममा गत बैशाख २६ गते प्रहरीसंगको झडपमा परेर गजेन्द्र फागो,दिपा क्षेत्री गरि तीन जना घाईते भएका छन् ।
प्रदेशको नाम राखेपछि स्थगित भएको प्रदेशसभाको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भएको थियो । जेठ १४ गते दिउँसोबाट सरकारले बजेट अधिवेशन बोलाएको छ ।

 

Leave a Reply

Your email address will not be published.