
दमक,१० जेठ । होटल व्यवसायी संघ दमकले दमक- २ स्थित बेलडाँगीमा रहेको दमक अस्पतालको कोभिड विशेष उपचार केन्द्रलाई एक थान एसी प्रदान गरेको छ । केन्द्रमा सञ्चालनमा आउन लागेको भेन्टिलेटरसहितको सघन उपचार कक्षका विरामीहरुलाई लक्षित गरि एसी उपलव्ध गराईएको संघका कार्यवहाक अध्यक्ष सुधीर प्रधानले बताए । कोभिडको महामारीमा समयमा आफनो ठाँउबाट थोरैभएपनि सहयोग पुरयाँउन संस्थागत रुपमा एकथान एसी उपलव्ध गरिएको उनले बताएका छन् ।
एसी दमक नगरपालिकाकी उपप्रमुख समेत रहेकी अस्पतालकी अध्यक्ष गीता अधिकारीसहित अस्पतालका चिकित्सक,कर्मचारीहरुको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरणमा संघका महासचिव .मदन ढकालसहित होतल ब्यावसायीहरुको समेत उपस्थिति रहेको थियो ।
कोभिड उपचार केन्द्रमा केहिदिन यता विभिन्न व्यक्ति,संस्थाहरुबाट स्वास्थ्य सामाग्रीहरु धमाधम उपलव्ध हुदैआएका छन् ।