प्रतिनिधिसभा पुर्नस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता

कठमाण्डौ,१० जेठ । विघठित प्रतिनिधि सभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदद्वारा सर्वोच्चमा रिट दर्ता गरिएको छ ।

विघटित प्रतिनिधि सभाका १४६ सांसद्हरुले प्रतिनिधि सभा पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरि सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।

सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले प्रतिनिधि सभाका सांसद्हरूले दायर गर्न ल्याएको रिट दर्ता गरिएको जानकारी दिए। रिट दायर गर्न १४६ जना सांसद सर्वोच्च अदालत पुगेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वैशाखमा संविधानको धारा ७६ ९५० बमोजिम सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्रीमा दाबी पेश गरेकोमा राष्ट्रपति भण्डारीले दुवै जनाको दाबी नपुग्ने निर्णय गरेकी थिइन्।

त्यसपछि प्रधानमन्त्री ओलीको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी आगामी २६ कात्तिक र ३ मंसीरमा निर्वाचनको मिति तोकेकी थिइन्।

कांग्रेस सभापति देउवाले १४९ जना सांसद्हरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेकाले प्रतिनिधि सभामा वैकल्पिक सरकार बन्ने सम्भावना रहेको र त्यस्तो सम्भावना रहेसम्म प्रतिनिधि सभा विघटन गर्न नपाइने संवैधानिक व्यवस्था भएको भन्दै रिट हालेका हुन्।

त्यस्तै, रिटमा देउवालाई समर्थन गरेका सांसदलाई कारबाही नगर्न पनि आदेश दिन पनि माग गरेका छन्। नेकपा (एमाले ) अध्यक्ष केपी शर्मा ओलीले देउवालाई समर्थन गर्ने एमाले सांसदलाई कारबाही गर्ने बताएका थिए।

रिट लगेर सर्वोच्च पुगेका १४६ सांसदमा कांग्रेसका ६१, माओवादीका ४९, एमालेको नेपाल पक्षका २३, जसपाको यादव पक्षका १२ र जनमोर्चाका एक जनाले रहेका छन्।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई गत फागुन ११ मा सर्वोच्च अदालतले उल्टाउँदा वैकल्पिक सरकारको सम्भावना छँदासम्म प्रतिनिधिसभा विघटन गर्न नपाइने भनेको थियो ।

Leave a Reply

Your email address will not be published.