मंगलवारेमा आगोलागी हुदाँ लाखौंको क्षति

धरमपुर ,१० जेठ । झापाको शिवसताक्षी नगरपालिका वडा न. २ मंगलबारे बजारमा गएराति भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।
नन्दकला राईको घरबाट शुरु भएको आगलागीबाट दुईवटा घर पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको वडाध्यक्ष कुलबहादुर बस्नेतले बताए ।
आगलागीबाट छिमेकी नेत्र चिमरिया र नन्दमायाको घर र घरमा रहेका होटल ,पसल सबै जलेर नष्ट भएको थियो । राति १.३० बजेदेखि शुरु भएको आगो बिहान ३ बजे नियन्त्रणमा आएको थियो । स्थानीय र तीनवटा दमकलको सहायताले आगो नियन्त्रणमा आएको वडाध्यक्ष बस्नेतले बताउनुभयो । अगोलागी बिद्युत सर्ट भई आगोलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ भने क्षतिको यकिन विवरण आउन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published.