भलिवलको महत्व र आजको आवश्यकता

      =====    शारीरिक व्यायम मान्छेका लागि अनिवार्य सर्तका रुपमा जोडिनु पर्दछ । खेलकुद क्षेत्रको विकासले सामाजिक एकटा र सम्मृद्धिको आधारशिला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक देखिन्छ । खेलकुदको माध्यमबाट विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने हुँदा अब राज्य त्यसतर्फ गम्भीर बन्नु नै पर्दछ । खेल मानव जीवनको एक महत्वपूर्ण अंग हो । हरेक प्रकारका शारीरिक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्वास्थ्यसँग खेलकुदले गहिरो सम्बन्ध राख्दछ । नियमित खेल खेल्नु मनोवैज्ञानिक कैशलतामा यसले निखार ल्याउछ । नेपालको हरेक भुभागमा खेलिने खेल फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, बास्केटबल बक्सिङ, कराँते आदि खेलहरु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका मात्र हैन, पहिचान र समृद्धिसँग जोडिएका छन् ।     =======

 

          रोशन दाहाल
लिवल नेपालका लागि भौगोलिकरुपमा सुहाउँदो र ७७ वटै जिल्लामा खेलिने खेल हो । नेपालले झण्डै ८ दशकदेखि भलिबल खेल्न थालेको इतिहास भए पनि अन्तर्राष्ट्रिय सहभागिता जनाउन थालेको करिब साढे चार दशकअघि हो । नेपालका लागि भौगोलिकरुपमा सुहाउँदो र ७७ वटै जिल्लामा खेलिने खेल हो भलिबल । त्यसैले पनि राष्ट्रिय खेल बन्न सफल भयो । यो खेल नेपालका कुना-कन्दरासम्म लोकप्रिय पनि छ । यद्यपि, भलिबल नेपालमा कसरी भित्रियो र गाउँ-गाउँसम्म पुग्यो भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ ।
वि.सं. १९९० को दशकमा बेलायतबाट भलिबल नेपाल भित्रिएको पाइन्छ । ब्रिटिस आर्मीमा भर्ती भएर तालिमप्राप्त नेपालीहरुले यो खेललाई नेपाल भित्र्याएको तथ्य भेटिन्छ । भलिवलले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गर्नसक्छ । एउटा कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्नसक्छ । स्वास्थ्य नै धन हो, तर धन स्वास्थ्य हाइन । एउटा मान्छेका लागि खेलको महत्वलाई बुझ्न सकिएन भने त्यो मानसिक रुपले वा शारीरिक रुपबाट अपांग बन्नपुग्छ । त्यसकारण पनि एउटा मान्छे स्वास्थ्य हुन आवश्यक छ ।
स्वास्थ्य शरीर नै एउटा मान्छेका लागि सुख हो, आनन्द हो । खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भुमिका खेलेको देखिन्छ । शारीरिक व्यायम मान्छेका लागि अनिवार्य सर्तका रुपमा जोडिनु पर्दछ । खेलकुद क्षेत्रको विकासले सामाजिक एकटा र सम्मृद्धिको आधारशिला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक देखिन्छ । खेलकुदको माध्यमबाट विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने हुँदा अब राज्य त्यसतर्फ गम्भीर बन्नु नै पर्दछ । खेल मानव जीवनको एक महत्वपूर्ण अंग हो । हरेक प्रकारका शारीरिक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्वास्थ्यसँग खेलकुदले गहिरो सम्बन्ध राख्दछ । नियमित खेल खेल्नु मनोवैज्ञानिक कैशलतामा यसले निखार ल्याउछ । नेपालको हरेक भुभागमा खेलिने खेल फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, बास्केटबल बक्सिङ, कराँते आदि खेलहरु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका मात्र हैन, पहिचान र समृद्धिसँग जोडिएका छन् ।
खेलकुद विकासको संवद्र्धन तथा प्रवद्र्धनका लागि खेलकुद पूर्वाधारको विकास हुन आवश्यक छ । खेललाई मनोरञ्जनका रुपमा मात्र सिमित पारिरहनु हुदैन र हेरिनु हुदैन । एउटा मान्छे खेलका माध्यमबाट स्वास्थ्य, सुखी र समृद्ध बन्न सकिन्छ ।
यसर्थ आज जेष्ठ ८ गते भलिबल खेललाई राष्ट्रिय खेल घोषणा भएको दिनको सुखद अवसरमा भलिबल संग आवद्ध सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु । साथै यस खेलको विकासका लागि राज्य अझै गम्भीर बन्न समेत आग्रह गर्न चाहन्छु । कुनै देशको राष्ट्रिय खेल त्यो हुनुपर्छ जुन खेलमा सम्भावना प्रचुर हुन्छ, हाम्रो देशमा भलिबलको पनि सम्भावना प्रचुर छ । हिमाल, पहाड र तराई तीनै भौगोलिक क्षेत्रमा खेल्न सकिने भएकोले पनि सम्भावना धेरै छ । स्थानीय तहबाट नै सो खेलमा लगानी आवश्यक देखिन्छ । स्थानीय तहले लोकप्रिय खेल फुटबलमा जति लगानी गर्छ राष्ट्रिय खेलमा पनि त्यस्तै लगानी आवश्यक छ । अनि मात्रै हाम्रो राष्ट्रिय खेलको विकास सम्भव छ । कोशी प्रदेश भलिबल संघले भलिबल प्रशिक्षक प्रशिक्षण समेत गरि लगभग ७० जना प्रशिक्षक उत्पादन गरिसकेको छ, स्थानीय तहले ती प्रशिक्षक हरुलाई स्थानीय क्षेत्रमा आफ्नै खेलाडी उत्पादन गर्ने अवसर प्रदान गर्ने हो भने भलिबलले छोटो समयमा उत्कृष्ट खेलाडी उत्पादन गर्न समेत सहज देखिन्छ ।
(लेखक ,कोशी प्रदेश भलिबल रेफ्रि कमिशनका सदस्य हुन् । )

Leave a Reply

Your email address will not be published.