महिलाहरुलाई नौमति बाजा बजाउने तालिम शुरु

दमक , ७ जेठ । दमक नगरपालिकाले महिलाहरुका लागि नौमति बाजा बजाउने तालिम सञ्चालन गरेको छ । तालिमको दमक नगर प्रमुख रामकुमार थापा र उप प्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे ।
तालिमको शुभारम्भ गर्दै नगर प्रमुख थापाले संस्कृतिको प्रबद्र्धन पनि हुने र महिलालाई आत्मनिर्भर पनि बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । पछिल्लो समय बिभिन्न कार्यक्रमहरुमा नौमति बाजाको माग बढिरहेको भन्दै उनले महिलाहरुले बजा बजाउँदा आकर्षक पनि देखिने भएकाले यसको माग एकदमै धेरै रहेको उल्लेख गरे ।
कार्यक्रममा नगर उपप्रमुख भट्टराईले नौमति बाजा कुनै एक लिङ्ग वा समुदायले मात्रै बजाउने नभई जसले पनि बजाउन सकिने बताईन् ।दमक नगरपालिकाले बाजा बजाउनु ईच्छुकलाई आवेदन दिन आग्रह गरेकोमा दुई वटा संस्थाबाट सहभागिताका लागी आवेदन आएकाले उनीहरुलाई छनौट गरी तालिम दिन थालिएको दमक नगरपालिका सामाजिक शाखाका अधिकृत डम्बर बरालले जानकारी दिए । तालिममा वडा नम्बर ३ को महिला शशक्तिकरण समूहकी १५ जना र वडा नम्बर १० को संगम आमा समूहकी १५ जना गरी ३० जना छन् । एक महिने सो तालिम पछि नगरपालिकाले सहभागि दुई समूहलाई आवश्यक एक सेट बाजाको प्रबन्ध समेत गरिदिने अधिकृत बरालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.