
दमक,६ जेठ । नेपाल रेडक्रस सोसाईटी झापाले कोभिडका विरामीलाई जिल्लाभित्रका अस्पतालसम्म लैजान एम्बुलेन्स निशुल्क गरेको छ ।
जिल्ला भित्रका रेडक्रस उपशाखामार्फत सञ्चालन हुदैआएको एम्बुलेन्स सेवालाई थप प्रभावकारी वनाउन जिल्लाका कोभिड देखिएका विरामीलाई अस्पतालसम्म उपचार गर्न लैजानका लागि एम्बुलेन्स निशुल्क उपलव्ध गराउने रेडक्रस जिल्ला सभापति लोकराज ढकालले वताए । रेडक्रसका १० वटा एम्बुलेन्सले आजदेखि निशुल्क सेवा सञ्चालनमा ल्याईएको उनले वताएका छन् ।
जिल्ला रेडक्रससहित बुद्धशान्ति, कन्काई,दमक,कमल,गौरादह, जलथल र शरणामतीमा रेडक्रसको एम्बलेन्स सेवारत छन् । यो महामारीका वेला कोभिडका विरामीलाई जिल्लाभित्रका अस्पतालसम्म पुरयाँउन रेडक्रसका एम्बुलेन्सले निशुल्क सेवा शुरु गरिएको सभापति ढकालले बताएका छन् । सेवा लिनेले रेडक्रसका सम्पर्क व्यक्ति तथा त्यसका चालकलाई सम्पर्क गर्न समेत सभापति ढकालले अनुरोध गरेका छन् ।रेडक्रसले गतवर्ष कोरोना संक्रमणको जोखिमका वेला समेत विरामी ओसारपसार गरिआएको थियो ।