झापामा थप एक साता निषेधाज्ञा लम्बियो

झापा, ६ जेठ । झापामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड- १९ सङ्कट व्यवस्थापन केन्द्र -डिसीसीएमसीको बैठकले जेठ १४ गते मध्यराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो। बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

ती सामानहरू व्यवसायीले बिहान ६ बजेदेखि ९ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य सङ्घको सहकार्यमा घर-घरमा पुर्‍याइसक्नु पर्ने हुन्छ । त्यस्तै बैठकले निर्माण सामग्री ओसारपसारका लागि बिहान ११ बजेदेखि दिउँसो १ सम्म समय तोकेको छ । निर्माण व्यवसायीले पसल नखोली त्यो सामान गोदाममा राख्न पाउने छ ।

Leave a Reply

Your email address will not be published.