एमाले गौरादह नगर कमिटीको अध्यक्षमा घिमिरे निर्वाचित

गौरादह,७ जेठ । नेकपा एमाले गौरादह नगर कमिटीको अध्यक्षमा गजेन्द्र घिमिरे निर्वाचित भएका छन् ।गौरादहस्थित ग्वालडुब्बामा भएको दोस्रो अधिवेशनको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई पराजित गर्दे घिमिरेले ४सय६१ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिदन्द्धीहरु प्रकाश पराजुलीले ३सय७३ मत र दुर्गा गौतमले १सय ९३ मत ल्याएका छन् । घिमिरे यसअघि नगर कमिटीको कार्यबहाक अध्यक्ष रहेका थिए । गौरादह , कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको गृह नगर पनि हो ।
यसैगरि, सचिवका उम्मेद्धवार अमर अधिकारीले ४सय७८ मत ल्याएर विजयी भएका छन् । सचिवका उम्मेद्धवारहरु निर्मल बास्तोलाले २सय७१ मत र झरेन्द्र खतिवडाले२सय५९मत ल्याएका छन् ।
उपसचिवका उम्मेद्धवार क्रान्तिदिप काफ्लेले ६सय५९ मत ल्याई विजय भए । अन्य उपसचिवका उम्मेद्धवार ओमप्रकाश निरौलाले ५सय८५ मत,खेमराज अधिकारीले १सय४७मत,चेतबहादुर थापा(प्रकाश)१सय४९मत,मात्रिका भट्टराईले २सय३ मत र विनोद अधिकारीले १सय३३ मत प्राप्त गरेका छन् । ७५ सदस्यीय नगर कमिटीका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको प्रमुख निर्वाचन अधिकृत बुद्धिमान कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.