प्रहरीद्धारा दमकका मोबाइल ब्यवसायी खनालमाथि कुटपिट

दमक,६ जेठ । दमकका पुराना स्थापित मोबाइल ब्यवसायी कृष्ण खनालमाथि प्रहरीका दुई जना प्रहरी निरीक्षकले बिना कारण कुटपिट गरेका छन् ।आज बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय दमकका ४,५ जना प्रहरी आएर खनाललाई प्रहरी कार्यालयमा इन्स्पेक्टर साबले बोलाएर कुटपीट गरेका हुन् ।
पीडित खनालका अनुसार प्रहरीले बोलाएपछि प्रहरी कार्यालय पुगेका र त शिव खनाल होइनस भन्दै आफूमाथि कुटपीट भएको हो । त्यहाँ मलाई शिव खनाल नामको अर्का मान्छे ठानेका होलान भनेर म शिव खनाल नभएर कृष्ण खनाल हँु भन्ने प्रमाण दिन म नागरिकता लिएर गए र हेर्नुस मेरो नागरिकता भनेर देखाउदा मेरो नागरिकता पनि नहेरी एक्कासी मलाई झापड र लात्तीले हिर्काएको खनालले सुनाए । उनले भने, –‘मेरो टाउको नै अररिरहेको छ , रिंगटा पनि चलिरहेको छ , मेरो पसलमा पनि कोही नभएको बेला सामान उठाएर पनि लगेका छन् ।’ उनलाई प्रहरी निरीक्षक देवानन्द मिश्रसहित प्रहरी निरीक्षक जीवन गौतमले कुटपीट गरेको खुलेको छ । दुवै प्रनिले खनालको पसलबाट सबै सामान उठाएर ल्याउन आदेश समेत दिएका थिए ।
खनालको पसल प्रहरीलाई कार्यालय सगै जोडिएको जोडिएको घरको सटरमा रहेको छ । खनालले घटनापछि आफुमाथि कुटपिट र मानहानी समेत भएको भन्दै न्यायका लागि सार्वजनिक अपिल गरेका छन् । पत्रकारहरुसंग पीडित खनालले आफू माथि प्रहरीबाट भएको आक्रमणबाट व्यवसायिक असुरक्षा भएको भन्दै न्यायका लागि अपिल गरेका छन् ।
उनले भोलि कार्यालय खुलेपछि जिल्ला प्रशासन लगायत प्रहरीका उच्च तहमा समेत निवेदन दिएर कार्वाहीका लागि अघि बढ्ने बताएका छन् । दमकमा प्रहरीको कार्यशैली र गतिविधि केही समय यता आलोच्य बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published.