दमकका २२,कमलका २८ सहित झापामा १९५ नयाँ संक्रमित

दमक,६ जेठ । दमकमा आज बिहिबार पनि थप २२ जना कोरोना संक्रमित थपिएका छन् । १० महिलासहित २२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
दमकको छिमेकी पालिका कमल गाउँपालिकामा दमक भन्दा ७ जना धेरै संक्रमित थपिएका छन् । कमलमा १४ महिलासहित कूल २९ जनामा संक्रमण पुष्टि भएको हो । कमलको ६ नम्बर वडाका बाहेक सबै वडामा आज संक्रमित थपिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ। यो सहित जिल्लाका सबै स्थानीय तहमा १९५ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरी विर्तामोडमा जिल्लामै सबैभन्दा धेरै ३५ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । त्यस्तै भद्रपुरमा १२ महिलासहित कूल २७ जना संक्रमित थपिएका छन ।

Leave a Reply

Your email address will not be published.