
दमक,६ जेठ । दमकका युवा व्यवसायीद्धय हेमसागर अधिकारी र चिरन न्यौपानेले आफनो जन्मदिनमा गरिने फजुल खर्च एक जना मिगौला पीडित बिरामीको उपचारमा सहयोग गरेका छन् ।
दमक ५ निवासी गोरखा गहना भण्डारका सञ्चालक अधिकारी र युवा व्यवसायी न्यौपानेले संयुक्त रुपमा रु २१ हजार रुपैयाँ रकम मिगौला पीडित परिवारलाई सहयोग दिएका हुन् ।
सो रकम सहयोगीद्धयले मिर्गौैला पीडित दमक ५ का आशिषका बुबा धर्मानन्द खनाललाई आजै हस्तान्तरण गरे । अधिकारीले जन्मदिनमा फजुल खर्च नगरी बिरामीको उपचारमा थोरै भएपनि सघाउँ पुरयाँउन सहयोग गर्न पाउदाँ आफूलाई सन्तुष्टी मिलेको उल्लेख गरे ।
मिर्गौैला पीडित परिवारद्धारा याचना
दुवै मिगौलाले काम गर्न छाडेपछि पीडित खनाल हाल काठमाण्डौमा नियमित डाइलोसिस गरिआएका छन् । आर्थिक अवस्था कमजोर भएका खनालको जीवन वचाउन दिन परिवारजनले आग्रह समेत गरिआएका छन् । विरामीको उपचारमा सघाँउ पुरयाँउन दमकमा नेपाल जेसीजका पूर्व अध्यक्ष प्रकाश अधिकारीको संयोजकत्वमा आशिष बचाँउ अभियान गठन गरि सहयोग जुटाउने काम भईरहेको जनाईएको छ ।