दमक,५ जेठ । दमक नगरपालिका भित्रका बिपन्न महिलालाई उद्यमशील र आत्मनिर्भर बनाउने उद्धेश्यले उद्यमशीलता बिकास तालिम प्रदान गरिएको छ । नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा सञ्चालित ८ दिने तालिममा सहभागिहरुलाई शुक्रबार औपचारिक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरिएको हो ।
दमक नगर उपप्रमुख रेगिना भट्टराईको अध्यक्षता र नगर प्रमुख राम थापाको प्रमुख आतिथ्यमा सहभागिलाई प्रमाणपत्र बितरण गरिएको हो । १२० जना सहभागिलाई दमक नगरपलिकाका उद्यमशील सहजकर्ता हर्क विश्वकर्मा र धनबहादुर मगरले सहजीकरण गरेका थिए ।
नेपाल सरकार संगको सहयोगमा प्रत्येक बर्ष एक सय जना उद्यमी तयार गर्ने उद्धेस्यले दमक नगरपालिकामा यो कार्यक्रममा तीन बर्षदेखि सञ्चालनमा रहेको कार्यक्रमका फोकल पर्सन डम्बर बरालले जानकारी दिए । पहिलो बर्ष वडा नम्बर ७ र २ का सहभागिलाई, दोस्रो बर्ष वडा नम्बर १० र ४ साथै यो बर्ष वडा नम्बर ३ र ९ का सहभागिलाई उद्यमशील तालिम सञ्चालन गरिएको उनले बताए । तालिम पछि सहभागिले चाहेको उद्यम सञ्चालनका लागी प्रशिक्षण दिईने र उद्योग सञ्चालनमा सहजीकरण गरिने फोकल पर्सन बरालले जानकारी दिए ।