हत्यामा संलग्न चौधरीलाई प्रहरीद्धारा सार्वजनिक

इटहरी , ६जेठ ।इटहरी उपमहानगरपालिका -७ मा एक युवकको हत्यामा संलग्न एक पुरुषलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा ३३ वर्षीय उमेश चौधरी रहेका छन् । उनले खुकुरी प्रहार गरी इटहरी -७ का २८ वर्षीय भीम भनिने रामकुमार पण्डितको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।इटहरी उपमहानगरपालिका ००१ ह ०३५ नम्बर सिटी सफारी र साइकल एकापसमा ठक्कर भएर दुर्घटना हुँदा सिटी चालक रहेका चौधरी र साइकलयात्री पण्डितबीच सामान्य विवाद भएको थियो ।
उक्त विवादका क्रममा चौधरीले पण्डितलाई शरीरको विभिन्न भागमा खुकुरी प्रहार गर्दा पण्डितको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर सार्वजकि गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.