दमक नगरपालिकाका पूर्व प्रमुख बुढाथोकीको निधन

दमक,३ जेठ । दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ ।दमक -५ निवासी ७२ बर्षिय बुढाथोकीको आज विहान ९.५५ वजे आफनै निवासमा निधन भएको हो । उनी केहिसमय यता मुटु,मिगौला रोगबाट पीडित थिए ।

२०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट दमक नगर प्रमुखमा निर्वाचित भएका थिए ।पछिल्ला समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए ।

स्व. बुढाथोकीको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि उनको शव अहिले १२ बजेदेखि १ बजे सम्म दमक नगरपालिका परिसरमा राखिने जनाइएको छ । उनको शव आजनै कन्काई नदीमा अन्त्येष्टी गरिने जनाइएको छ ।

यसैवीच, पूर्व नगर प्रमुख बुढाथोकीको निधन प्रति दमक नगर उपप्रमुख रेगना भट्टराई प्रसाइँले समवेदना गरेकी छन् । सामाजिक सञ्जालमा बुढाथोकीको निधन प्रति शोक व्यक्त गर्दे उनले भनेकी छन् , –‘दमकले एक जना विकासप्रेमी , सामाजिक व्यक्तित्व गुमाउनु परेको छ । दमकको समृद्धिमा उहाँले पु¥याउनुभएको योगदान हाम्रा लागि सदैव स्मरणीय रहने छ ।’

Leave a Reply

Your email address will not be published.