उभौलीमा यायोक्खाद्धारा ज्येष्ठहरु सम्मानित

दमक,३ जेठ । किरात राई यायोक्खा कमल प्रांरिम्भक समितिले शनिवार ८० वर्ष माथिका ज्येष्ठहरुलाई सम्मान गरेको छ ।कमल -५ स्थित साकेला थान परिषरमा आयोजित उभौली विशेष कार्यक्रमका अवसर पारेर ८० वर्ष माथिका ३३ जना ज्येष्ठहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई पालिका अध्यक्ष हुकुमसिंह राई लगायतले सम्मान प्रदान गरेका थिए । ज्येष्ठहरुको दिर्घ जीवनको कामना गर्दे सामूहिक रुपमा सम्मान गरिएको यायोक्खा कमलका अध्यक्ष हरि राईले बताए ।

यसरी सम्मानित हुनेहरुमा किरात मुन्दुम पुस्तकका लेखक कमल- ४ निवासी सन्तकुमार इसारा,कमल -५ की कृष्णकुमारी राई ,पृथ्वीध्वज राई ,बसन्त दुमी राई, ललितकुमार वान्तवा,नरप्रसाद राई ,नरबहादुर माङपाङ, माया राई,पम्पादेवी राई, मणिकुमार राई,मुलुकसिंह राई,नन्दराज राई, पञ्चवीर राई, पृथ्वीवादुर राई,अम्बरवहादुर राई, जीतबहादुर राई,बलबहादुर राई लगायत रहेका छन् । यस्तै,विष्णुमाया राई, कुमारी राई, मनिरुपा राई,जटमाया राई,दिलकुमारी राई, टिकाकुमारी राई, लालमाया राई लगायत रहेका छन् ।सम्मानित ज्येष्ठ मध्ये महिला १४ र पुरुष १९ रहेका छन् ।

कार्यक्रममा यायोक्खा प्रदेश १ का अध्यक्ष पारषमणि राई, केन्द्रीय सदस्य इन्द्रमान चाम्लिङ, कमल- २ की वडा सदस्य कल्पना राई, कमल -६ की वडा सदस्य गंगा राई , यायोक्खा दमक नगर अध्यक्ष बासुदेव राई लगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा दमक ,कमलको साकेला टोलीले साकेला सिली प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.